सेयर बजारमा ऐतिहासिक रेकर्ड,एकैदिन २१ अर्बमाथिको कारोबार

आइतबार श्रावण ५, २०८२/ Sunday 07-20-25
Paschim Today

काठमाडौं : सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो। साताको पहिलो कारोबार दिन आइतबार २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि साउन १ गते १६ अर्ब बढीको सेयर कारोबार भएको थियो। 

 

मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो। नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ। 

यसदिन ३१६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर २१ अर्बमा खरिदबिक्री भए।  यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।

 

यसैगरी ट्रेड टावर,शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो। बुटवल  पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले  ५६ करोड,नगदी ग्रुपको ५० करोड र  सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आज पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।