साफ यू–१७ च्याम्पियनसिपका लागि ३ प्रशिक्षक नियुक्त

आइतबार श्रावण ५, २०८२/ Sunday 07-20-25
Paschim Today

भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त भएका छन् । यस्तै, श्रीलङ्कामा हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपका लागि रामचन्द्र थापा सहायक प्रशिक्षक र राजु सिंह गोलकिपर प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।

नवनियुक्त प्रशिक्षकहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । तीनै प्रशिक्षकलाई साफ प्रतियोगिताको तयारीका लागि टोलीमा जिम्मेवारी दिइएको एन्फाले जनाएको छ।