बाजुरामा जिप दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते, १२ जनाको अवस्था गम्भीर
बिहीबार श्रावण ९, २०८२/ Thursday 07-24-25
Paschim Today

कैलाली । बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको हिमाली गाउँपालिका ५ किउडीबाट धुुलाचौरका लागि छुटेको जिप टुनीगडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ की ७६ बर्सिया बाचा रोकाया र सोही गाउँकी ७५ बर्सिया विजौरा रोकाया हुन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ती मध्ये १२ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेहरूको उद्धार जारी छ । जिपमा क्षमता भन्दा बढी यात्रु रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया