घाईतेहरुको अवस्था सामान्य छ–प्रजिअ हमाल

आइतबार श्रावण २६, २०८२/ Sunday 08-10-25
Paschim Today

धनगढी, २५ साउन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले कैलाली कारागारमा शुक्रवार रातिको झडपमा घाईते भएकाहरुको अवस्था सामान्य रहेको बताएका छन् ।

आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हमालले एक जना घाईतेलाई थप उपचारका लागि काठमाण्डौं पठाउने प्रयास भईरहेको बताए ।

हमालले मौसमको खरावीका कारण हेलिकोप्टर आउन नसक्दा घाईतेलाई थप उपचारका लागि काठमाण्डौं पठाउन नसकिएको बताए ।
उनले घाईतेहरु ठूलो संख्यामा रहेकोले सेती प्रादेशिक अस्पतालमा उपचारमा कठिनाई भईरहेको बताए ।

कैलाली कारागारमा शुक्रवार मध्यराति कैदीहरुबीच झडप भएको थियो । झडपमा परी एक जनाको मृत्यु भएको थियो । ४८ जना घाईते भएका छन् ।
उक्त घट्नापछि कैलाली कारागार कैदीहरुको कब्जामा छ ।

१२५ जना कैदीको क्षमता भएको कैलाली कारागारमा ६९५ जना कैदी राखिएका छन् ।