नेप्सेमा आइतबार दोहोरो अंकको गिरावट

काठ्माण्डौँ-आइतबार बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत विहीबार सामान्य अंकले बढेको नेप्से कारोबार हुने साताको पहिलो दिन २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ अंकले घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बिहीबारको तुलनामा २७ करोड रुपैयाँले बढेको छ । कारोबारमा आएका २४९ कम्पनीको दुई करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
आइतबार आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य ७.९३ प्रतिशतले बढेको छ भने अपर स्याङ्गी हाइड्रोपावर कम्पनीको मूल्य ६.२९ तथा कालिका पावर र अपर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ । सम्पदा लघुवित्तको शेयर मूल्य भने ७.०६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा आइतबार गिरावट आएको छ ।
तपाईको प्रतिक्रिया