धेरै रेन्ज दिने कम्प्याक्ट ह्याचब्याक ईभी जिनपिङ लिङ्बक्स ईसी०१ लञ्च

काठमाडाैं । नेपालमै पहिलोपटक सबैभन्दा सस्तो मूल्यमा सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार लञ्च भएकाे छ ।
चिनियाँ कम्पनी जिनपिङले निर्माण गरेको कम्प्याक्ट ह्याचब्याक ईभी लिङ्बक्स ईसी०१ ठाकुर मोटर्स नेपालले भित्र्याएको हो । कम्पनीले ‘नाडा अटाे शाे २०२५’ मा याे गाडी लञ्च गरेकाे हाे ।
ईसी०१ यो सेग्मेन्टमा उपलब्ध सबै कारभन्दा बढी रेन्ज दिन सक्षम गाडी हाे । दुई फरक भेरियन्टमा आउने याे गाडीकाे बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री राखिएको छ जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ।
अर्को प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ जसले ३४० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सक्ने कम्पनीले जनाएकाे छ।
दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर राखिएको छ । यो ईभीमा एलएफपी प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षासहित लामो आयु दिन्छ।
‘फाइभ डोर’ भएको यो कारमा २९३ लिटरको सामान राख्ने स्पेस छ । गाडीमा भएकाे २०० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका जस्ताेसुकै सडकमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीकाे दाबी छ।
गाडीको उचाइ करिब ६ फिट, लम्बाइ १२ फिट, चौडाइ ५ फिट र ह्वीलबेस ८ फिटको छ।
कम्पनीले यस गाडीको मूल्य बेस मोडेलको लागि १९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको लागि २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
कम्पनीका अनुसार शोमा बुक गर्ने ग्राहकलाई विशेष छुट दिइने छ । दुवै माेडलमा एक एक लाख रुपैयाँ छुट दिइने ठाकुर मोटर्सले जनाएकाे छ । जसअनुसार नाडामा बुक गर्ने ग्राहकले बेस मोडेल १८ लाख ९९ हजार र प्रिमियम मोडेल २३ लाख ४९ हजारमै पाउनेछन्।
साथै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा, नम्बर प्लेट एम्बोस गर्ने सुविधा र फ्लोर म्याट जस्ता सामग्री पनि पाउने कम्पनीले जनाएकाे छ ।
नाडाकाे सुरुकाे दिनमै याे गाडीले अवलाेकनकर्ताकाे विशेष ध्यान तानेकाे छ ।
तपाईको प्रतिक्रिया