भारतविरुद्धको पहिलो हाफमा नेपालले खायो पाँच गोल
बुधबार भदौ ४, २०८२/ Wednesday 08-20-25
Paschim Today

काठमाडौं । भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको पहिलो हाफमा नेपाल ५–० ले पछाडि परेको छ ।
बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा जारी उद्घाटन खेलको पहिलो हाफमा भारतकी अभिष्टा बस्नेतले दुई गोल गरिन् । यस्तै, अनुष्का कुमारी, निरा चानु लोंगजाम र जुलान नोंगमैथेमले समान एक–एक गोल गरिन् ।
खेलको १७औँ मिनेटमा अभिष्टाले भारतलाई अग्रता दिलाएकी थिइन् । २५औँ मिनेटमा निराले अग्रतालाई दोब्बर बनाइन् । ३३औँ मिनेटमा अनुष्काले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्याइन् । खेलको ४१औँ मिनेटमा अभिष्टाले अर्को गोल गरेपछि भारतले ४–० को अग्रता कायम गर्यो । पहिलो हाफको इन्जुरी टाइममा भारतकी जुलान नोंगमैथेमले एक गोल थपिन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता छ ।
तपाईको प्रतिक्रिया