सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने
बिहीबार भदौ ५, २०८२/ Thursday 08-21-25
Paschim Today

धनगढी।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताएका छन्।
मन्त्री पौडेलले बुधवार धनगढीमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त विश्वविद्यालयमा पहिलो चरणमा ५० जनालाई अध्ययनको व्यवस्था गर्न लागिएको जानकारी दिए।
पौडेलले विभिन्न आठ वटा जटिल रोगका बिरामीका लागि पहिलो पटक सरकारले तीन लाख बराबरको स्वास्थ्य सेवाको व्यवस्था गरेको उल्लेख गरे। उनले भने, "विश्व स्वास्थ्य सङ्गठनले देशलाई रुबेलामुक्त घोषणा गर्नु उपलब्धि भएको छ ।
तपाईको प्रतिक्रिया