दार्चुला जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् ।
बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र–०४–००१ ज ०१०३ नम्बरको जिप भैरवधारमा दुर्घटना हुँदा गम्भिर घाइते हुनुभएका नौगाड गाउँपालिका–३ की २५ वर्षीया पारवती टमटाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिए।
दुर्घटनामा परी अन्य तीन जना गम्भिर घाइतेको पनि गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको उनले बताए । अन्य गम्भिर घाइतेहरुमा नौगाड गाउँपालिका–४ का २६ वर्षीया मोहन ठगुन्ना, मार्मा गाउँपालिका–५ का १७ वर्षीया अप्सरा महता, र नौगाड गाउँपालिका–४ का ३५ वर्षीया उमेश ठगुन्ना रहेका छन् ।
सडकबाट करीव ७० मिटर तल खोलामा खसेको जिपमा सवार नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीया उमेशसिंह ठगुन्ना, १२ वर्षीया राम महत, श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीया लक्ष्मी कार्की सामान्य घाइते भएका छन ।
गाडी चालक लाकेन्द्रसिंह ठगुन्नाले चलाएको गाडी चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया