नेप्सेमा ९.२२ अंकको गिरावट

बिहीबार भदौ ५, २०८२/ Thursday 08-21-25
Paschim Today

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१९ कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोडको सेयर कारोबार भएको छ । 

आज विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाए। यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.३७ प्रतिशत र मुक्तिनाथ डिबेञ्चरका इकाईधनीले ३.३५ प्रतिशतका दरले कमाएका छन् ।

जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ४.६५ प्रतिशतका दरले गुमाए ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २४ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९ लाख रुपैयाँ र तेस्रोमा बलेफि हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।