दार्चुलामा चरेशसहित एक युवक पक्राउ
शुक्रबार भदौ ६, २०८२/ Friday 08-22-25
Paschim Today

दार्चुलाः दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्।
दार्चुलाको महाकाली नगरपालिका ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेशसहित पक्राउ परेका हुन्। लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया