सुदूरपश्चिम प्रदेश प्रमुख र पृतनापतिबिच भेटवार्ता

सोमबार भदौ ९, २०८२/ Monday 08-25-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी किरण के.सी.बिच भेटवार्ता भएको छ । हालै सरुवा भई सुदूरपश्चिम आएका पृतनापति भेटघाटका क्रममा प्रदेश प्रमुख कार्यालय पुगेका थिए । भेटमा प्रदेश प्रमुख मियाँले पृतनापति के.सी.लाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रदेश प्रमुख मियाँले नेपाली सेनाको कामप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरे । पृतनापति के.सी.ले नेपाली सेनाको गौरव, शान र मानलाई अझ उच्च बनाउने प्रतिबद्धता जनाउँदै विभिन्न विपत्ति र समस्यामा अग्रपंक्तिमा रहेर सेवा गर्ने दृढता प्रकट गरेका थिए ।

भेटमा नेपाली सेनाका महासेनानी विश्वनाथ तिमिल्सिना, प्रमुख सेनानी धिरज थापा, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रमुख स्वकीय सचिव साबिर अली लगायतका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो