सुन-चाँदीको भाउ हालसम्मकै उच्च
आइतबार भदौ १५, २०८२/ Sunday 08-31-25
Paschim Today

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ उच्च विन्दुमा कारोबार हुने क्रम जारी छ । साताको अन्तिम दिन गत शुक्रबार उच्च विन्दुमा कारोबार भएको सुन आज पनि उच्च विन्दुमै पुगेको छ ।
गत शुक्रबार प्रतितोला दुई लाख छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तीन हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख तीन हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
आज आइतबार असली चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
गत शुक्रबार प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया