एक्सको प्रतिद्वन्द्वी थ्रेड्समा अब १० हजार क्यारेक्टरसम्मको पोस्ट राख्न सकिने
शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठमाडौँ । अब मेटाको सामाजिक सञ्जाल थ्रेड्समा १० हजार क्यारेक्टर (अक्षर) सम्मका पोस्ट राख्न सकिने भएको छ । कम्पनीले यसअघि ५०० क्यारेक्टरमा सीमित पोस्टको सीमालाई विस्तार गरेको हो ।
यसलाई प्रतिस्पर्धी कम्पनी एक्स (ट्वीटर) को 'आर्टिकल्स' जस्तै सुविधाको रूपमा हेरिएको छ । थ्रेड्समा टेक्स्ट राख्नका लागि रेखासहितको एउटा नयाँ आयताकार आइकनमा ट्याप गर्नुपर्नेछ ।
ट्याप गरेपछि एउटा वर्ड एडिटर खुल्छ, जहाँ तपाईँ आफ्नो टेक्स्ट टाइप गर्न सक्नुहुन्छ । यसमा टेक्स्टलाई बोल्ड, इटालिक, अन्डरलाइन र स्ट्राइकथ्रु जस्ता फर्म्याट प्रयोग गरी स्वरूप मिलाउन सकिने छ ।
तपाईको प्रतिक्रिया