पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो पटक मृगौला प्रत्यारोपण

आइतबार भदौ २२, २०८२/ Sunday 09-07-25
Paschim Today

काठमाडौं,२१ भदौ।
नागरिक उन्मुक्ति पार्टीका सुदूर प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफतापूर्वक सम्पन्न भएको छ ।
नेपालमै पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण भएको यो पहिलो पटक हो । ।

सुदूर पश्चिम प्रदेशका पूर्व मन्त्री चौधरीको भदौ ९ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार भदौ ९ गते मिर्गौला प्रत्यारोपण गरिएका चौधरी १२ औं दिनमा शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

३३ वर्षको उमेरमा पहिलो पटक मिर्गौला फेल भएपछि सन् २००९ मा चौधरीले भारतमा गएर मिर्गौला प्रत्यारोपण गराएका थिए । पखाला लाग्ने, लगायतका समस्याका कारण पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गौला फेल भएको चौधरीले जानकारी दिए ।