‘जेन जी’ आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा
आइतबार भदौ २२, २०८२/ Sunday 09-07-25
Paschim Today
काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेन जी’ युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।
राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ ।
धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले भनेका छन् ।
उनले फेसबुकमा गरेको पोस्टमा धेरैले कमेन्ट गर्दै उक्त आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् ।
जेनजी समूहले भोलि सोमबार प्रदर्शनको तयारी गर्दै सोसल मिडिया क्याम्पेन गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया