जेन -जीको जुलस बानेश्वर पुग्यो
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाण्डौं, २३ भदौ ।
सामाजिक सञ्जालका प्लेटफर्महरु बन्द गरेको विरोधमा काठमाण्डौंको माईतीघरबाट निस्किएको जेन -जीको जुलुस बानेश्वर पुगेको छ ।
प्रहरीले जेन -जीको जुलुलाई बानेश्वरमा ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शका कारण सडक अवरुद्ध भएको छ ।
प्रदर्शनकारीहरुले सरकारको विरोधमा चर्का नारा लगाईरहेका छन् । प्रदर्शनकारीका छाती र पिठ्युमा सरकार विरोधी नारा लेखिएका प्ले कार्डहरु छन् ।
उनीहरुले स्वतन्त्र आवाज, हाम्रो अधिकार, ‘जेन-जी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, असन्तुष्टि चरम छ, नेताको गोजी गरम छकता हिडेको ट्याक्स लुटेर लगायतका नारा लेखिएका प्लेड कार्ड बोकेका छन् ।
जेन जीको आन्दोलनलाई काठमाण्डौं महानगरका मेयर बालेन्द्र साह, विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र थुप्र्रै कलाकारहरुले समर्थन गरेका छन् ।
तपाईको प्रतिक्रिया