रामहरिले लिए सभापतिकाे शपथ

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठ्माण्डौँ- संसदीय सुनुवाइ समिति (संयुक्त) का सभापतिमा निर्विरोध निर्वाचित रामहरि खतिवडाले पद तथा गोपनीयतको शपथ लिएका छन्। सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने क्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत केही सांसद उपस्थित थिए ,

यसअघि उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । निजामती विधेयक पारित गर्ने क्रममा ‘कुलिङ पिरियड’ व्यवस्थामा चलखेल भएपछि संसदीय विशेष छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेपछि उक्त समितिको सभापतिबाट राजीनामा दिएका हुन् ।