प्रहरी विधेयकमाथि छलफल भइरहँदा गृहमन्त्री लेखक जेनजी'को आन्दोलन बिचमै हिँडेपछि बैठक स्थगित
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौँ: 'जेनजी'को आन्दोलनका कारण सोमबारको राज्य व्यवस्था समिति बैठक प्रभावित बनेको छ । प्रहरी विधेयकमाथि छलफल भइरहँदा गृहमन्त्री रमेश लेखक बिचमै हिँडेपछि बैठक प्रभावित बनेको हो ।
गृहमन्त्री हिँडेसँगै सभापति ईश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गरिन् ।
जेनजीको आन्दोलनका कारण स्थिति असहज बनेसँगै स्थानीय प्रशासनले सोमबार दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। स्थिति असहज भएकै कारण गृहमन्त्री आवश्यक छलफलका लागि बैठकबाट बाहिरिएका थिए ।
तपाईको प्रतिक्रिया