सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

काठ्माण्डौँ- संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् । 

‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ । 

यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।