कैलालीमा ५६ लाख बढीका भन्सार छलीका सामान बरामद
बिहीबार असोज २, २०८२/ Thursday 09-18-25
Paschim Today

कैलाली - कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडास्थित नहर नजिक भारतबाट अवैध रूपमा भित्र्याइएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको संयुक्त टोलीले बुधबार गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो ।
बरामद गरिएका सामानमा मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्यांक, पेन ड्राइभलगायतका सामग्री रहेका छन्।
तपाईको प्रतिक्रिया