भोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ रुपैया सहयोग

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26
Paschim Today

धनगढी १२ भाद्र । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि निसर्ग हस्पिटलले रु. ११ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।

विपत्तिको यो कठिन समयमा तीज कार्यक्रमका लागि छुट्याइएको रकमसँगै कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूको कम्तीमा एक दिन बराबरको तलब/सुविधाबाट संकलित रकम राहतका लागि समर्पण गरिएको हो।

उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकको आधिकारिक खातामा जम्मा गरिएको छ।