भारतबाट फर्किरहेका कञ्चनपुरका खडायत बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह
मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26
Paschim Today
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, झलारीका ६५ वर्षीय ईश्वरीसिंह खडायत भारतमा बेपत्ता भएका छन्। भारतको बेंगलोरबाट घर फर्किने क्रममा मध्यप्रदेशको सागरस्थित एक होटलबाट उनी सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार खडायत असोज २२ गते खप्तड शैपाल टुर एन्ड ट्राभल्समार्फत बेंगलोरबाट घर आउँदै थिए। उनी असोज २४ गतेदेखि सम्पर्कविहीन भएका हुन्।परिवारले खडायतलाई देख्ने वा उनीबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिलाई निम्न नम्बरमा सम्पर्क गरी खबर गरिदिन आग्रह गरेको छ।
सम्पर्क नम्बरहरू
भारतीय नम्बर स् ९१९१०८४४०५५१, ९१८२९६४०९५०१
नेपाली नम्बर स् ९७६४४२९४४८







तपाईको प्रतिक्रिया