लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

मंगलबार मङ्सिर २, २०८३/ Tuesday 11-17-26
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिगको आज हुने पहिलो प्लेअफमा लुम्बिनी लायन्सले टस जितेको छ। लुम्बिनीले टस जितेर फिल्डिङको निर्णय लिएको छ। सुदूरपश्चिम रोयल्स ब्याटिङमा आउनेछ।

समूह चरण र अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँगै पराजित सुदूरपश्चिम आज बदलासहित मैदानमा उत्रिनेछ। उता लुम्बिनी भने लगातार जित कायम गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।