धनगढीमा भोलि सुरताल म्युजिकल टुर
कैलाली । धनगढी ‘सुरताल म्युजिकलटुर–२०८३’ सँगै गुञ्जिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कैलालीको आयोजना तथा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको सहआयोजनामा भोलि (मंसिर ४ गते) धनगढी रंगशालामा सांगीतिक कार्यक्रम हुन लागेको हो ।
‘अब गुन्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा देखिने छन् । प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका नेपाल र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डले लाइभ प्रस्तुति दिने आयोजकले जनाएको छ ।
मंसिर ४ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र पर्यटन झल्किने विशेष कार्यक्रमसमेत समावेश गरिनेछ । चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका अध्यक्ष विवेककुमार नागरीले देशका विभिन्न स्थानमा सफलतापूर्वक आयोजना भएको सांगीतिक कार्यक्रम धनगढीमा पनि हुन लागेको लागिएको जानकारी दिए ।
उनले यस कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन तथा स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । नागरीका अनुसार कार्यक्रममा ५ हजार दर्शक आउने अपेक्षा गरिएको छ । आयोजकले देशका बिभिन्न सहर हुँदै मंसिर २ गते महेन्द्रनगरमा कार्यक्रम गरेको थियो ।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरू भएको सुरताल म्युजिकल टुरु तेह्रथुमबाट सुरू भएको हो । सातै प्रदेशका १३ वटा सहरमा आयोजना हुने टुरमा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुसहितको टोली मुख्य आकर्षण रहेको छ । यो सांगीतिक यात्राले देशका सातै प्रदेशका १३ प्रमुख सहरमा आफ्नो प्रस्तुति दिने छन् ।






2026-11-20-12-50-16.jpeg)
तपाईको प्रतिक्रिया