Close This

लम्कीमा पुनः सडक अवरुद्ध

सोमबार माघ २०, २०७६/ Monday 02-03-20
Paschim Today

धनगढी, २० माघ ।
कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ६ पुनः सडक अवरुद्ध गरिएको छ । 
शनिवार पूर्व पश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए।
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका चौधरीको घटनाबारे छानबिनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध पारेका हुन् ।
स्थानीयवासीले दुर्घटना गराउनेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राख्दै आइतबार पनि बिहानैदेखि सडक अवरुद्ध गरेका थिए । सडक सुचारु गर्नेक्रममा झडपमा पनि ९ जना प्रहरी समेत घाइते भएका थिए ।
आइतबार साँझ सर्वदलीय छलफलको आह्वान गरिएको थियो । आइतबारको छलफल  विना निष्कर्ष टुङ्गिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
केही बेर अघि देखि सर्वसाधरणहरुले घटनाबारे छानबिनको माग गर्दै सडक अवरुद्ध गरेको उनले बताए ।
प्रहरीले ठक्कर दिएको आशङ्कामा मोरकेर सेवा समाज लम्कीले सञ्चालन गरेको एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । ‘एम्बुलेन्स चालकलाई जिल्लामा ल्याइएको छ’ प्रहरी उपरीक्षक बस्नेतले भने, ‘एम्बुलेन्सबाटै घटना भए नभएको भन्ने विषयमा भने अहिले पनि छानबिन भइरहेको छ ।’