Close This

छात्रालाई यौनहिंसा गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

शनिबार फागुन ३, २०७६/ Saturday 02-15-20
Paschim Today

पोखरा ,३ फागुन।

छात्रालाई यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । पोखरामा यौनहिंसा गरेको अभियोगमा पोखरा वडा नं. ११ फुलबारीस्थित भास्कर मेमोरियल स्कुलका सञ्चालक पक्राउ परेका हुन् ।

उक्त विद्यालय सञ्चालक विश्व बास्तोला आफनै विद्यालयकी एक छात्रालाई यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् । बास्तोलालाई हिजो दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार छात्राकी अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको डिएसपी केसीले जानकारी दिए । यसअघि, अमरसिंह माविका शिक्षक उदय पोखरेल पनि आफ्नै विद्यालयकी छात्रालाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका थिए ।