कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला पक्राउ
बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today
कञ्चनपुरः कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला कञ्चनपुरमा पक्राउ परेका छन्। २०७७ बैशाख १६ गते ती दुबै महिलालाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीका आधारमा कृष्णपुर नगरपालिका–४ की २६ वर्षीया पार्वती सार्की र सोही स्थानकी ३४ वर्षीया रितु सार्कीलाई पक्रा गरिएको प्रहरीले जनाएको छ।
मंगलबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले दुबै महिलालाई नियन्त्रणमा लिएको हो। अहिले पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया