मकाउ आर्मीद्धारा विद्यालय र वालबालिकालाई सहयोग
पश्चिम टुडे, डोटी, जेठ १ । मकाउ आर्मीमा जागिर गर्ने डोटी घाङ्गलका एक यूवकले आफ्नो गाउँको विद्यालय र त्यहाँ पढ्ने वालबालिकालाई सहयोग गरेका छन् । साबिकको घाङ्गल गाबिस जैसिबाजका दिर्घ बहादुर साउदले आफ्नी स्वर्गीय आमा शोभा देवी साउदको सम्झनामा गाउँकै अमरघट्टी आधारभुत विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी, डटपेन, विद्यालय पोशाक सहयोग गरेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सिद्ध बिष्टले बताए । उनले भने,‘विद्यालयका लागि खानेपानी ट्यांकी र नगद समेत सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनगर्ने विद्यार्थीका लागि २ सय थान झोला, २ सय थान कपी, २ सय थान डटपेन, भलीवल , १५ जना टुहुरा वालबालिकालाई विद्यालय पोशाक सहयोग, तिनका लागि कापी र कलम खरिद गर्न भन्दै १३ हजार नगद सहयोग गरेको पनि अध्यक्ष बिष्टले बताए । खानेपानी ट्यांकी खरिदका लागि १० हजार रुपियाँ विद्यालयलाई उपलब्ध गरेका छन् । सबै गरि विद्यालयलाई १ लाख २५ हजार बराबरको सहयोग गरेको बताईएको छ । त्यसैगरी दृष्टी कमजोर भएका जेहन्दार वालक गोपाल बुढामगरलाई सम्पूर्ण पढाई खर्च ब्यहोर्ने साउँदले बताए । उनले गोपाललाई धर्मपुत्रको रुपमा स्वीकार गरेको बताए । हामी मनकारी साउँद प्रति आभारी छौं अध्यक्ष सिद्ध बिष्टले भने‘वहाँलाई यो गाउँले सधै सम्झीने छ । अध्यक्ष बिष्टले यो विद्यालयको गुणस्तरमा सुधार ल्याउने र अंग्रेजी माध्यममा पठनपाठनको ब्यबस्था गरिने बताए ।
त्यसैगरी बडीकेदार गाउँपालीकाका अध्यक्ष कृष्णबहादुर चन्दले विद्यालयलाई ११ हजार नगद सहयोग गरेका छन् । सहयोग प्रदान कार्यक्रममा गाउँपालीकाका अध्यक्ष कृष्णबहादुर चन्द प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथी गाउँ शिक्षा समितिका सदस्य भैरव साउँद, सहयोगीदाता दिर्घ साउँद रहेका थिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सिद्ध बिष्टको सभापतीत्वमा भएको कार्यक्रम संचालन शिक्षक डिल्ली लामिछानेले गरेका थिए ।
तपाईको प्रतिक्रिया