Close This

शिक्षकले विद्यार्थीलाई निर्घात कुटे

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

पश्चिम टुडे, डडेल्धुरा, ५ जेठ । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक बसौटी विद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटिएको छ । 
विद्यालयका गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामी माथि निर्घात कुटपिट गरेका हुन । परशुराम नगरपालिका–२ गोगनका १२ वर्षीय राम कामीलाई स्केलले हानेर टोउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । विद्यालयको गृहकार्य नगरेर आएको भन्दै शिक्षक अवस्थीले स्केलले हानेर टाउकोमा गम्भीर चोट लागेको प्रहरीको भनाई छ । रामको टाउकोमा घाउ नै हुने गरि कुटपिट गरेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताए । 
प्रहरी निरीक्षक भट्टले टाउकोबाट धेरै रगत बगेको अवस्थामा विद्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि कामिलाई थप उपचारका लागि धनगढी पठाईएको  आफन्तले बताएका छन ।  उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपिट गर्ने शिक्षक अवस्थीलाई कडा कारबाहीको माग गरिएको छ ।