Close This

प्रेसर कुकर बम निस्क्रिय पारियो

शनिबार फागुन १०, २०७६/ Saturday 02-22-20
Paschim Today

बाजुरा, १० फागुन । जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै फेला परेको प्रेसरकुकर बम सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ ।
बाजुरास्थित नेपाली सेनाको समरजित गुल्मको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंक भट्टराईले जानकारी दिए ।

उनले बम डिस्पोज गर्ने क्रममा स्थानीय धर्म रोकायाको पक्की घर चर्किएको समेत जानकारी दिए । उनले बम कसले र किन राखेको खुल्न नसकेको बताए ।