Close This

क्वारेन्टाइनमा बस्नेले कुटे वडाध्यक्ष

सोमबार चैत १७, २०७६/ Monday 03-30-20
Paschim Today

बैतडी : बैतडीको पुर्चाेडी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष क्वारेन्टाइनमै कुटिएका छन । गल्लेक माबीको क्वारेन्टाइनमा आइतबार अपरान्ह करीब ४ बजेतिर स्थानिय ३६ वर्षीय धर्मानन्द बडुले वडा अध्यक्ष राम बहादुर ऎरलाई कुटपिट गरेका हुन ।

मदिरा सेवन गरेर क्वारेन्टाइनमा आइ होहल्ला गरि रहेका बडुलाई सम्झाउन खोज्दा आफुमाथी कुटपिट भएको वडा अध्यक्ष ऎरले बताए ।

कुटपिटबाट घाइते वडाअध्यक्ष ऎरको स्थानिय स्वास्थ्य चौकी उपचार भइरहेको र कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेयले बताए । उनले कुटपिट गर्ने बडुलाई कानुनी कारवाही गरिने बताए ।