Close This

सरकारले पेट्रोलमा ३ र मट्टितेल र डिजेलमा २/२ रुपैया मूल्य घटाएको छ 

सोमबार असार ४, २०७५/ Monday 06-18-18
Paschim Today


धनगढी, ४ असार
विद्यार्थी संगठनहरुको चर्को बिरोधपछि सरकारले आईतवार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा ३ र मट्टितेल र डिजेलमा २÷२ रुपैया मूल्य घटाएको छ ।
नेपाल आयल निगमले आईतवार राति १२ बजे बजेदेखि लागु हुने गरी मूल्य घटाएको जनाएको छ ।
सरकारले मूल्य घटाएपछि पेट्रोलको प्रति लिटर मूल्य १ सय १० रुपैया भएको छ भने र मट्टितेल र डिजेलको मूल्य ९३ रुपैया भएको छ । 
नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले चार महिनामा पाँच पटक मूल्य बृद्धि गराएकोले पुरानै मूल्य कायम नगरेसम्म आन्दोलन नरोकिने बताए ।
मूल्य बृद्धिको बिरोधमा आन्दोलन गर्दै आएको नेविसंघले पहिलो चरणको आन्दोलनपछि आईतवार दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।