Close This

कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

धनगढी,१४ वैशाख । कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् । शुक्रवार बिहान घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनतिरबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले बताएको छ ।

घाइते धामीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।