Close This

स्वास्थ्य तथा पर्यावरण संरक्षण महाअभियान सुरु

शनिबार भदौ २३, २०७५/ Saturday 09-08-18
Paschim Today

पश्चिम टुडे, धनगढी २३ भाद्र ।
लामो समय देखी खनिज तथा जडिबुटी अध्ययनमा लाग्नु भएका कञ्चनपुर भिमदत्त नगरपालीकाका राजु खड्काले माधव नवजीवन संजीवनी प्रा।लीको सहकार्यमा “स्वास्थ्य तथा पर्यावरण संरक्षण महाअभियान” सुरु गरेका छन । उनले अभियानको भदौ १५ गते धनगढी उपमाहानगरपालीकाको वडा नंम्बर ३ बाट सुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दीए ।

        आफुले लामो समय देखी स्वास्थ्य तथा आयुर्वेदीक क्षेत्रमा अनुषन्धानरत रहेर विभिन्न रोगहरुको औषधी पत्ता लगाउनुका साथै विभिन्न प्रकारका रोगीहरुलाई समेत निको पारीसकोको वताए । पछिल्लो समय जंकफुडको प्रयोग र विभिन्न रासायन मिश्रीत खानाको सेवनले जटील किसीमका रोगहरु फैलिदै गएकाले आफुले रोगीको उपचार भन्दा पनी रोग निवाकरणका उपाय सिकाउन अभियान सञ्चालन गरेको उनले भनाई छ । जुनसुकै व्यक्तिले पनी स्वस्थ्य रहनुपर्ने भएकाले यो अभियान सुरु गरेको आर्युेदीक अनुषन्धानकर्ता खड्काले बताए ।

               उनले २०२६ सालमा सल्लाको बोक्राको हेलिकप्टर बनाएका थिए । त्यस्तै २०६६ देखी २०६९ साल सम्म बिभिन्न किसिमका रोग निवारणमा प्रयोग हुने जडिबुटी तथा जैविक विविधता र खनिज तत्वहरुको खोजी गरी पत्ता लगाएको बताए । देशमा भएको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न सके विदेशीको मुख ताक्नु नपर्न भन्दै खड्का खोज अनुसन्धानमा लागेको बताए । उनले आफुले जानेका कुराहरु अरुलाई बाड्दै जाने गरी उतm अभियान सुरु गरिकाले सबैको साथ र सहयोग आवश्यक रहेको वताए ।