Close This

संसदीय दलको कार्यालय अव्यवस्थित

आइतबार भदौ २४, २०७५/ Sunday 09-09-18
Paschim Today

अविनाश चौधरी,

धनगढी, भदौ २४ गते प्रदेश नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुका संसदीय दलको कार्यालय व्यवस्थित हुन सकेको छैन

                प्रदेश सरकार गठन भएको महिनाभन्दा बढी भए पनि संसदीय दलको कार्यालय भने अस्तव्यस्त छन् यो प्रदेशको प्रदेश सभामा तीनवटा पार्टीको प्रतिनिधित्व प्रदेश सभा भवनको नजिक पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको तीन वटा कोठामा तीनवटै पार्टीको संसदीय दलका कार्यालय स्थापना गरिएको तर, साना कोठामा स्थापना गरिएको संसदीय दलको कार्यालयमा अहिलेसम्म साइन बोर्ड समेत झुण्ड्याउन सकिएको छैन

                अलि ठूलो रहेको एकमात्र कोठामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको कार्यालय स्थापना गरिएको दुई सानासाना कोठामा प्रतिपक्ष नेपाली काङ्ग्रेस राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय रहेको कार्यालय बनेका साना कोठाहरु कागजात सहित आवश्यक सरसामानलेमात्रै भरिएका छन् दलका नेताहरु बैठक बस्ने पर्याप्त ठाउँ छैन

                प्रदेश सभाले उपलब्ध गराएको संसदीय दलको कार्यालय, कार्यालय भन्न लायकको पनि नरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता समेत रहेका सांसद् डा. रणबहादुर रावलले बताए कार्यालयमा कार्यालय सहयोगी राख्न सक्नेसम्मको कोठा छैन’, उनले भने–‘साना कोठाहरु फाइललेमात्रै भरिएका छन् कहाँ बस्ने, कसरी त्यसलाई संसदीय दलको कार्यालय मान्ने ?’

                संसदीय दलका कार्यालयहरुमा अहिलेसम्म कर्मचारी भने राखिएको छैन कार्यालय बैठक बस्नका लागि पर्याप्त रहेको छैन सांसदमात्रै बसेभने जसोतसो अँट्न सक्ने अवस्था तर, पार्टीका नेताहरु समेत आएको खण्डमा पर्याप्त ठाउँ छैन सहज रुपमा बैठक बसेर निर्णय गर्न सकिने खालको संसदीय दलको कार्यालय प्रदेश सरकारले उपलब्ध गराउनु पर्नेमा कुनै वास्ता नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आरोप

                दुई तिहाई बहुमत भएको सत्तापक्ष यसतर्फ संवेदनशिल नदेखिएको सांसद् रावलले गुनासो गरे संसदीय कार्यालयमा बसेर काम गर्न सक्ने ठाउँ छैन’, उनले अगाडि थपे–‘व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर बन्नु पर्ने हो तर, संवेदनशील देखिएकै छैन संसदीय प्रणालीलाई सत्तापक्षले ठूलो चोट पु¥याइरहेको सांसद रावलको भनाइ थियो

                ‘बहुमतको सरकारले अहिलेसम्म संसदलाई समेत २० प्रतिशत पनि सदुपयोग गर्न सकेको छैन’, उनले भने–‘खाली पार्टीका नेता, कार्यकर्ता पाल्ने काम गरेकोमात्रै देखियो समग्र प्रदेशलाई अगाडि बढाउनका लागि प्रतिपक्षीको हैसियतले रचनात्मक सल्लाह दिदैं आए पनि सत्तापक्ष नै संवेदनशील नरहेको नेपाली काङ्ग्रेसको ठहर

                नेपाली काङ्ग्रेस संसदीय दलका प्रवक्ता एवम् सांसद डिल्लीराज पन्तले संसदीय दलको कार्यालयमा आफ्नो पार्टीको १४ जना सांसद बस्नका लागि ठाउँ पर्याप्त नरहेको बताए उनले भने–‘ बाई १० को कोठामा साइन बोर्ड अँट्छ हामी अँट्दैनौं

                संसदीय दलको कार्यालय अहिलेसम्म व्यवस्थित हुन नसकेको उपयुक्त पनि नरहेको स्वयम् सत्तापक्षले पनि स्वीकार गरेका संसदीय दलको कार्यालयमा अहिलेसम्म जसोतसो काम भइरहेको नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद तारा लामा तामाङ बताउँछन् उनले भने–‘हामी सांसदमात्रै बस्यौं भने अँट्ने गरेका छौं जसोतसो काम चलेको तर, उपयुक्त व्यवस्थित भने छैन

                संसदीय दलको कार्यालय रहेको जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएपछि पूरै भवनलाई दलका कार्यालयको रुपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको थियो तर, जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज भएन अहिले उक्त भवनमा जिल्ला जनस्वास्थ्य कार्यालय व्यवस्थित संसदीय दलको कार्यालय नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कागजातले भरिएको सानो कोठामा अर्का एक कर्मचारीसंगै बस्दै आएका छन्

                संसदीय दलको कार्यालय व्यवस्थित हुन नसक्दा दलका नेता समेत नियमित कार्यालयमा पुग्ने गरेका छन् सत्तापक्षका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बढीमा दुई पटकसम्म कार्यालयमा पुगेको जनाइएको यसैगरी, ती कार्यालयहरुमा अत्यावश्यक विद्युतीय उपकरण पनि जडान गर्न सकिएको छैन

                जिल्ला जनस्वास्थ्य कार्यालय खारेज नभएकाले अब उपयुक्त ठाउँमा संसदीय दलको कार्यालयको खोजी गर्ने सत्तापक्षका सांसद लामाले बताए सम्भवतः असोज महिनाभित्रै अर्को ठाउँमा कार्यालय खोजेर व्यवस्थित गर्छौ’, उनले भने

                प्रदेशसभामा तीन दलबाट जम्मा ५३ जना सांसद रहेकोमा सबैभन्दा बढी नेकपाका छन् त्यसपछि नेपाली काङ्ग्रेसबाट १२ जना राजपाबाट दुई जना सांसद छन् राजपाको संसदीय दलको नेता अझै तोकिएको छैन तर, आफ्नो पार्टीलाई दिइएको संसदीय दलको कार्यालय सबैभन्दा सानो रहेको सो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद मालामती राना थारुले बताइन् हामीलाई पुरानो प्लाष्टिकको दुई वटा कुर्सी पुरानो सोफा दिइएको थियो’, उनले भनिन्–‘कोठा पनि बाथरुमभन्दा सानो

                उनले संसदीय दलको कार्यालय स्थापनाको क्रममा कोठा हेर्न गएपनि त्यसपछि नगएको जनाइन् संसदीय दलको कार्यालयको ढोकाको चावी समेत नदिएको सांसद राना थारुले बताइन् उनले भनिन्–‘माननीय कृष्ण चौधरीलाई दिनु भएको होला भने मलाई थाहा भएन तर, नेकपाको सांसदको हातमा चावी रहेको सुनेको थिएँ

                सांसद राना थारुले आफ्नो पार्टीका लागि दिइएको संसदीय दलको कार्यालय अस्तव्यस्त सामान राखिएपछि एक जना पनि बस्न नमिल्ने खालको रहेको बताइन्

                तर, प्रदेश सभामुख अर्जुनबहादुर थापाले संसदीय दलको कार्यालय अस्तव्यस्त नरहेको दावी गरे उनले भने–‘हामीले कार्यालय दिएका छौं व्यवस्थित गरि दिएको छौं त्यसलाई कसरी अव्यवस्थित भन्नुहुन्छ ?’

                अरु कार्यालयले दिएको कोठा पाएकोमा जे , त्यसैलाई ठीक भन्नु पर्ने सभामुख थापाले बताए अर्काको घरमा खोजे जस्तो कहाँ पाईन्छ’, उनले प्रतिप्रश्न गरे–‘प्रदेश सभा कस्तो अवस्थामा , त्यसको बेदना कसले बुझ्ने, हामीले कसलाई बताउने ?’

                संसदीय दलको कार्यालयलाई तत्काल अन्यत्र सार्ने वा व्यवस्थित गर्न सक्ने स्थिति नरहेको जनाउँदै उनले भने–‘अब राजधानी तोकिएपछि मात्रै नयाँ कार्यालय हुन्छ उनले संसदीय दलको कार्यालयलाई थप राम्रो बनाउनका लागि प्रयास भने जारी रहेको बताए