Close This

बझाङमा मदिरा र खुद्रा पसल भित्र आगलागी 

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

बझाङ: बझाङमा मदिरा र खुद्रा पसल भित्र आगलागी भएको छ। बित्थडचिर गाउँपालिका-९ रैकोसीका रमेश बोहराको मदिरा र खुद्रा पसलमा बिहीबार बिद्युतको तार सर्ट हुन गई आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका खुद्रा तथा मदिरा लागयतका सामानहरु गरि अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।