Close This

साउदी अरवमा तिज विशेष धमाका तथा दर खाने कार्यक्रम आयोजना

बुधबार भदौ २७, २०७५/ Wednesday 09-12-18
Paschim Today


प्रकाशदेव भट्ट 
मलेशिया ।
कार्यक्रम साझा लोक चौतारी र साहित्यिक चौतारी नेपाल साखा साउदी अरबद्धारा तिज विशेष धमाका तथा दर खाने कार्यक्रम आयोजना गरिएको छ । 
साहित्यिक चौतारी नेपाल साउदी साखा र कार्यक्रम साझा लोक चौतारीका अध्यक्ष श्री बालकृष्ण पौडेलको सभापतित्वमामा ७ सेप्टेम्बरमा तिज विशेष धमाका तथा दर खाने कार्यक्रम भब्य रुपमा साउदी रियादको एक्जिट १८ मा सम्पन्न भएको हा्।
सो कार्यक्रममा साउदी अरब नेपाली राजदुताबासका महामहिम राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दुतावासका नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा बिशिष्ट अतिथि रहेका थिए  । त्यस्तै विशेष अतिथिमा राजदुतावासका प्रथम सचिव बिजय कुमार रावत, त्यस्तै अतिथिहरुमा पारिवारिक समाज नेपालका अध्यक्ष अमृत पौडेल डिएक्स ईन्टरनेशनलका प्रतिनिधिको रुपमा डिल्ली लिम्बु, पारिवारिक समाज नेपालका महासचिव अरुण बेल्बासे, मिथिला सस्कृती समाजका जितेन्द्र साह, जनसम्पर्क समितिका बरिस्ठ उपसभापति अर्जुन थापा त्यस्तै कोषध्यक्ष द्धारिकाराज गिरि, त्यस्तै समाजसेवी अमर सापकोटा, पदम पान्डे, मदन ओढारी लगायतका थुप्रै सस्था तथा संस्थाका प्रतिनिधि अतिथिका रुपमा कार्यक्रममा सहभागि भएका थिए ।
कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा सम्पन्न भएको थियो। औपचारिक कार्यक्रम साहित्यिक चौतारी नेपालका महासचिव घायल तिवारीले सञ्चालन गरेका थिए भने अनौपचारिक कार्यक्रम आर के तनहुङ्गेले सञ्चालन गरेका थिए ।

मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन  गरिएको थियो। कार्यक्रम उद्घाटनसंगै सवैले एक स्वरमा राष्ट्रिय गान गाउदा कार्यक्रममा बेग्लै किसिमको रौनकता छाएको थियो। सोही कार्यक्रममा कार्यक्रम साझा लोक चौतारिका महासचिव बिबस थापाले स्वागत मन्तव्यका साथ कार्यक्रममा उपस्थित सबै पाहुनाहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा उपस्थित अधिकांश अतिथिहरुले शुभकामना मन्तब्य व्यक्त गर्ने क्रममा आफ्नो रितिरिवाज र संस्कृतिलाई कहिले पनि भुल्न नहुने बताए ।  यस्ता रचनात्मक कार्यक्रमले भाईचारा र सद्भाव अभिबृद्धि हुनुका साथै संस्कतिको समेत जगर्नोमा ठूलो योगदान पुग्ने चर्चा गर्दै अतिथिहरुले कार्यक्रम आयोजक कार्यक्रम साझा लोक चौतारी र साहित्यिक चौतारी नेपाल साखा साउदी अरबलाई धन्यवाद दिए ।
कार्यक्रममा साझा लोक चौतारीले साउदी अरबमा थ्रिवी डिएस प्रोडक्सन नाममा म्युजिक रेकर्डिङ स्टुडियो खोल्ने जानकारी आयोजक टिमका बाक राई, दिपेश राई, सुमन घिमिरेले जानकारी गराए ।  जसमा बिबस थापा, बालकृष्ण पौडेल, बाक राई, दिपेश राई, सुमन घिमिरेको लगानी रहेको छ ।। 

कार्यक्रममा विभिन्न तिज विशेष प्रस्तुतिहरु पनि प्रस्तुत गरिएका थिए। आयोजक टिमबाट प्रस्तुत भएको महिलाहरुको नृत्यले सबैलाई सबैको ध्यान केन्द्रित गराएको थियो त्यस्तै उपस्थित थुप्रै थुप्रै कलाकारहरुले आ आफ्नो प्रस्तुतिहरु गीत साहित्यिक रचनाहरु प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएको थियो।
औपचारिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि साउदी अरबका महामहिम राजदुत प्रा.डा महेन्द्र प्रसाद सिंह राजपुतले संस्कृतिको जगेर्नाका लागि तिज विशेष र दर खाने कार्यक्रम आयोजना गरेकामा साहित्यिक चौतारी नेपाल साउदी साखालाई धन्यवाद दिए । 
त्यस्तै औपचारिक कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति कार्यक्रम साझा लोक चौतारीका अध्यक्ष तथा साहित्यिक चौतारी नेपाल साउदी साखाका अध्यक्ष बालकृष्ण पौडेलले मन्तब्यको कार्यक्रमलाई भव्यताकका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी, स्वयमसेवक सेवक, अतिथि लगायत उपस्थित सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिए । 
उनले साहित्य र संगीत जगेर्ना गर्न सबै साहित्य तथा संगीप्रेमी एकजुट भएर लाग्नु पर्ने बताए । 
साहित्य र संगी एक सिक्काका दुई पाटाका रुपमा रुपमा परिभाषित गर्दै, साहित्य बिनाको संगीत र संगीत बिनाको साहित्य महत्व नहुने नहुने प्रस्ट्याउदै साहित्यलाई समेट्ने साहित्यिक चौतारी नेपाल तथा संगीत समेट्ने कार्यक्रम साझा लोक चौतारी भएका कारण दुबै संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
साहित्यिक चौतारी नेपाल साखा साउदीले आयोजना गरेको कार्यक्रममा एक जना एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा खुट्टा गुमाएका वीर बहादुर शेर्मालाई उपचारार्थ सोही कार्यक्रममा उपस्थित सम्पुर्ण सहयोगीमनहरुद्धारा संकलित ५६२३  साउदी रियल(एक लाख ६८ हजार ट सय ९०)  राजदुतावासका नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा, कार्यक्रमका सभापती बालकृष्ण पौडेल, महासचिव बिबस थापा तथा अन टाईम टिभी मिडियाद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो।