व्यवसायीक रिले दौडको उपाधि मल्टिटेक कम्प्युटर एण्ड ईन्ष्टिच्युटलाई
धनगढी, १७ कार्तिक ।
पहिचानका लागि दौड भन्ने मुल नाराका साथ रोट्रयाक्ट क्लब अफ धनगढीले आयोजना गरेको व्यवसायीक रिले दौडमा मल्टिटेक कम्प्युटर एण्ड ईन्ष्टिच्युट प्रथम भएको छ । दीपावलीको अवसरमा आयोजित रिले दौडमा एडुपल नेपाल द्घितिय र भूमिका पोल्ट्री एण्ड दाना उद्योग तृतीय भएका थिए । धनगढी उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख नृप बहादुर वडले समेत दौडमा भाग लिनुभएको थियो ।
धनगढी कभर्डबाट ट्राफिक चौराहा र त्यहाँबाट कभर्ड हलसम्मको करीव ५ किलोमिटरको दूरीमा आयोजित रिले दौडमा ३५ वटा व्यवसायीक टीमको सहभागिता रहेको थियो । प्रथम टीमलाई २५ हजार, द्धितीय हुने टीमलाई १५ र तृतीय हुने टीमलाई १० हजार नगद तथा प्रमाण प्रदान गरिएको थियो । रिले दौडको मुख्य प्रायोजक रिनल्ट गाडीको धनगढीका लागि अधिकृत बिक्रेता बिशेष मोटो कर्प रहेको थियो ।
दौडको समापन समारोहमा प्रमुख अतिथि प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप ओड, रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिसटेण्ट गभर्नर प्रकाशचन्द्र भट्ट, रोटरी क्लव अफ धनगढीका अध्यक्ष पुष्कर ओझा, निर्वमातन अध्यक्ष दीर्घराज उपाध्याय, रोट्रयाक्ट क्लब अफ धनगढीका निर्वतमान अध्यक्ष तथा रिले दौडका संयोजक डिल्लीराज ऐरी लगायतले बिजयी टिमहरुलाई प्रमाण पत्र तथा नगद प्रदान गर्नुका साथै मन्तव्य समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रम रोट्रयाक्ट क्लबका अध्यक्ष यज्ञराज जोशीको अध्यक्षतामा समापन भएको कार्यक्रमको सचिव अनिल पाण्डेले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया