कलाकारहरुले तताए सुदूरपश्चिम महोत्सव

SITENAME

धनगढी, २३ पुष । 
कैलालीको धनगढीमा जारी सुन्दर सुदूरपश्चिम महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिईरहेका छन । 
स्थानीय विश्व ज्योति युवा क्लब र श्री शक्ति युवा क्लवले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा दर्शकको पनि दिन प्रतिदिन बढ्दै गएको छ । महोत्सवमा आइतबार अर्जुन कौशल, गोपाल नेपाल जिएम, हास्य कलाकार दीपेन्द्र ओली तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति राखेका छन ।
 गायक अर्जुन कौशलले माया फेवा तालैमा, पानी पन्यारा, यानी माया हो र गोपाल नेपाल जिएमले मेरो उल्का भो तिम्रो माया हल्का फुल्का भो, आईएमी गर दुई चार हजार, तरुनीको माया लगायतका प्रस्तुति राखेका थिए । महोत्सवमा कैलाली कञ्चनपुरका विभिन्न स्थानका साथै भारतको उत्तरप्रदेशबाट पनि महोत्सव हेर्नका लागि सर्वसाधारणहरु आएका थिए । 
महोत्सवमा कृषि प्रदर्शनी स्टल, व्यापारिक स्टल, स्थानीय थारु र पहाडी जिल्लामा पाईने खानाका स्टल, बाल उद्यान, रमाइलो मेला लगायतका आकर्षण रहेका छन । महोत्सबमा सोमबार कमल खत्री, एक खुट्टाले मात्र नाच्ने रोमा न्यौपाने लगायत स्थानीय कलाकारको प्रस्तुति रहने मूल सयोजक श्याम बिष्टले बताए । 
पौष २० गते देखि सुरु भएको महोत्सव माघ २ गते सम्म सन्चालन हुने आयोजक जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

रवि ओड र मिस्टर आरजेले नचाए दर्शक

धनगढी, ३० पुष । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आइतबार स्थनीय तथा राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन

SITENAME

सप्तरङ्ग एक पृथक सांगितिक यात्रा हुदै 

धनगढी, ३० पुष । माघ १८ गते देखी फागुन २ गते सम्म सप्तरङ्गु एक पृथक सांगितिक यात्रा हुने भएको छ। गृष्मा ब्रोडकाष्टिड। प्रा।लीको आयोजनामा सद्भाव र

SITENAME

गायनमा राजु चौधरीको ‘कम ब्याक’

धनगढी, २९ पुस । ‘लेहंगा फरियम देख्ठु टुहिन हाँ, दुरसे मुस्कैठो, टुँ सुन्दरी मोर जियरा लल्चैठो’ बोल गीतपछि कला क्षेत्रबाट ओझेलमा परेका थारु गायक