कलाकारहरुले तताए सुदूरपश्चिम महोत्सव
धनगढी, २३ पुष ।
कैलालीको धनगढीमा जारी सुन्दर सुदूरपश्चिम महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिईरहेका छन ।
स्थानीय विश्व ज्योति युवा क्लब र श्री शक्ति युवा क्लवले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा दर्शकको पनि दिन प्रतिदिन बढ्दै गएको छ । महोत्सवमा आइतबार अर्जुन कौशल, गोपाल नेपाल जिएम, हास्य कलाकार दीपेन्द्र ओली तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति राखेका छन ।
गायक अर्जुन कौशलले माया फेवा तालैमा, पानी पन्यारा, यानी माया हो र गोपाल नेपाल जिएमले मेरो उल्का भो तिम्रो माया हल्का फुल्का भो, आईएमी गर दुई चार हजार, तरुनीको माया लगायतका प्रस्तुति राखेका थिए । महोत्सवमा कैलाली कञ्चनपुरका विभिन्न स्थानका साथै भारतको उत्तरप्रदेशबाट पनि महोत्सव हेर्नका लागि सर्वसाधारणहरु आएका थिए ।
महोत्सवमा कृषि प्रदर्शनी स्टल, व्यापारिक स्टल, स्थानीय थारु र पहाडी जिल्लामा पाईने खानाका स्टल, बाल उद्यान, रमाइलो मेला लगायतका आकर्षण रहेका छन । महोत्सबमा सोमबार कमल खत्री, एक खुट्टाले मात्र नाच्ने रोमा न्यौपाने लगायत स्थानीय कलाकारको प्रस्तुति रहने मूल सयोजक श्याम बिष्टले बताए ।
पौष २० गते देखि सुरु भएको महोत्सव माघ २ गते सम्म सन्चालन हुने आयोजक जनाएको छ ।
तपाईको प्रतिक्रिया