Close This

लगानीमैत्री वातावरण बनाउँछौं ः नगर प्रमुख

शुक्रबार चैत १, २०७५/ Friday 03-15-19
Paschim Today

धनगढी, १ चैत । 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीमा लगानी गर्न चाहनेहरुका लागि लगानीमैत्री वातारण बनाउन लागि परेको बताएका छन् । 
राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयले आयोजना गरेको डा. तुलसीराम जोशीको विदाइ कार्यक्रममा बोल्दै नगर प्रमुख वडले सो कुरा बताएका हुन् । धनगढी उप–महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन २०७४ ल्याईसकेको उनले बताए ।
 नगर प्रमुख वडले भने, ‘यसले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमै लगानी गर्नका लागि वातावरण बनेको छ ।’ धनगढी उपमहानगरपालिकाले सार्वजनिक निजि साझेदारीमा केही आयोजनाहरु सुरु गर्न लागेको बताउँदै वडले भने, ‘लगानीको सुरक्षा तथा लगानीको वतावरण बनाउने काम भैरहेको छ ।’
यस प्रदेशबाट ठूलो संख्यामा युवाहरु बहिर रहेको बताउँदै नगर प्रमुख वडले भने, ‘वातावरण बनेमा जो पनि आफ्नै देशमा लगानी लगाउन तयार हुन्छ ।’ सार्वजनिक निजि साझेदारीमा काम गर्दा थोरै लगानी भएको व्यक्तिसमेत शेयर सदस्य बन्न सने उनले बताए ।
 वडले भने, ‘सबै कुराका लागि माहोल बन्नुपर्छ ।’ दानबीर तुलसीराम जोशीले यस क्षेत्रलाई नै ठूलो गुन लगाएको नगर प्रमुख वडले बताए । बझाङमा जन्ीिएका जोशीले धनगढीको उत्तरबेहडीमा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयलाई ७० लाख नगद सहयोग गरेका थिए । त्यसैगरी अन्य विभिन्न संस्थाहरुलाई १० लाख भन्दा बढी सहयोग गरेका थिए ।