Close This

खप्तडमा काब्य सम्मेलन हुने

बैशाख अन्तिम साता सम्मेलन

मंगलबार चैत ६, २०७४/ Tuesday 03-20-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र  ६ । मानव प्रेरणाको पवित्र भूमिको रुपमा लिईएको विश्वको अनुपम भूभागको रुपमा हेरिएको खप्तडमा नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले पहिलो पटक अन्तराष्ट्रिय सांस्कृतिक पद यात्रा तथा काव्य सम्मेलनको आयोजना गर्ने भएको छ । प्रतिष्ठानले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजनागरी पत्रकार, साहित्यकार, लेखकको सहभागितामा सांस्कृतिक पुनर्जागरण आन्दोलनको रुपमा बैशाख अन्तिम साता सम्मेलन गर्न लागिएको जानकारी दियो ।  
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलाली का अध्यक्ष पदमराज जोशीका अनुसार सम्मेलनमा नेपाल र भारतका करिब ५० बढी पत्रकार, साहित्यकार, लेखकहरुको सहभागिता रहने छ । सम्मेलले खप्तडको विकास र प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई पर्यटकीयस्थल बनाउन टेवा पुग्ने जोशीले विश्वास व्यक्त गरे । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेना लगायतका समेत सहभागिता गराई पद यात्रा तथा सम्मेलन कार्यक्रम अन्तर्गत चारधाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराईने उनले बताए ।