जिपबाट तिन जनाको शव निकालीयो

बिहीबार बैशाख २०, २०७५/ Thursday 05-03-18
Paschim Today

पश्चिम टुडे, बैशाख २० । बझाङको जयपृथ्वी राजमार्गमा बाढीले बगाएको जिपबाट तिन जनाको सव प्रहरीले निकालेको छ । जिपका चालक कञ्चनपुरको दोधारा चानदीका २७/२८ बर्षिय रमेश चन्द, खप्तड छान्ना  २ का २५ बर्षिया ओमराम वन र केदारसियु १ का अशु ओड रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जान्कारी दिएको छ ।  सुवेडा खोलानजिकै बुधबार राति परेको पानीसँगै खहरे खोलामा आएको बाढीले से १ ज ८२० नम्बरको जिप बगाएको थियो । अहिले जिप निकाल्ने प्रयास भैरहेको बझाङ प्रहरीले बताएको छ । बिहान स्थानीय बासिन्दाले जीप बगाएको देखेर प्रहरीलाई खबर गरेका थिए ।