सेती अस्पतालद्वारा बिरामीसँग प्रत्यक्ष सम्पर्क नराखेरै सुरक्षितपूर्वक उपचार गर्ने प्रविधि जडान

कैलाली ,चैत २५ ।
सेती प्रादेशिक अस्पताल धनगढीले बिरामीसँग प्रत्यक्ष सम्पर्क नराखेरै सुरक्षितपूर्वक उपचार गर्ने प्रविधि भित्र्याएको छ ।
कोभिड–१९ टेस्टिङ बुथमार्फत अस्पतालले मंगलबार देखि उपचार थाल्दैछ ।
कोरोना भाइरस टेस्टिङ बुथ राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरि सेती प्रादेशिक अस्पताललाई एउटा बुथ हस्तान्तरण गरेको छ ।
अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बुथ सुरक्षाका हिसाबले राम्रो भएको बताए । उनले टेस्टिङ बुथलाई आजबाट प्रयोगमा ल्याउने बताए ।
केन्द्रका वैज्ञानिक सुमन पौडेलले राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग तथा काइचो ग्रुप र ¥यान सुदूरपश्चिमको प्राविधिक सहयोगमा बुथ तयार गरिएको बताए ।
उनले स्थानीय स्रोत र साधन प्रयोग गरेर करिब ७० हजार लागतमा ३ दिनमा बुथ तयार गरेको बताए ।
उनले बुथले पिपिइ को खपत कम गर्ने बताउदै बुथमा स्वास्थ्यकर्मीलाई अक्सिजनको कमी नहोस् भनेर एक्जिस्टिङ पंखा, रातिको समयमा बिरामी जाँच गर्न मिल्ने नाइट लाइट, स्वास्थ्यकर्मीले बिरामीसंग कुरा गर्न मिल्ने अडियो सिस्टम लगायतको सुबिधा रहेको बताए ।
तपाईको प्रतिक्रिया