प्रशंसामा उनी

आइतबार बैशाख २८, २०७७/ Sunday 05-10-20
Paschim Today

साथमा हुँदा म 
नहुदा मेरा तस्बिर सँगै 
मिठाबात गर्छिन् 
दिल चाहिन्छ नि राजा माया गर्न
सोचे जस्तो सजिलो भएदिए 
भन्छिन् ,कहाँ कोहि मूना मदन बन्छ।

नजिकै रहाँदा साह्रै खुसी मिल्ने
अल्लि टाठा पर्दा चिन्ताले पिरोल्ने
सधैं एक शब्द भन्छिन् प्यारी,
राजा ,दिलमा सधैं मेरालागि
छुट्टै महल बनाईदिनुस् 
जहाँ केवल माया सजाईदिनुस्
अनि मैले वर्षायामको झरीसरि
दिन रात माया बर्साउन पाउँ।
 
अँ......!
बानि त्यहीँ हो,कुन्नि ?
अनेक थरिसोचाईमा व्यस्त 
जहिल्यै एक्ला एक्लै बस्छिन् 
जिद्दी अनि अटेरी देखाउछिन्
हो,यस्तै गरि म सगँ माया जताउछिन्।

कहिले त प्यारीले माया भन्दै एक्ट्रा थप्ने 
रिसको समेत धनि आफ्नी  रिसकुमारी,
फेरि,टिकदैन धेरै लामो !
रिसाउदा अझैँ सुन्दर देखिन्छ्यौ 
कम्ता बाठो म ,जिस्काईहाल्ने 
बिचारी अनि मुसुक्क हासेर उठ्छिन्।

भरिएको कपभित्र ठाउँ बनाई दिने
समुन्द्र जस्तै ,फराकिलो उनको स्वाभाव
वाहँ ,मिलनसार उनको छवि
मेरो दिलसम्म क्या मिठो स्वाद थपि दिन्छ।
 
मायालु सगैं रिसकुमारी सम्झिएँ,
लौ न हजुर रिसानि माफ होस्
यदि गल्ती भए म बाट ,
सजाय सधैं माया नै होस्।
यस्तै गल्तीहरु गर्ने मलाई
हजार हजार  अवसर देऊ प्यारी
आफ्ना प्रत्येक गल्तीले
 झन मायाको नजिक म आउन पाउँ।

   इन्दु धामी ,महेन्द्रनगर