ब्राउन सुगर सहित ३ जना पक्राउ

शनिबार जेठ २४, २०७७/ Saturday 06-06-20
Paschim Today


धनगढी,२४ जेठ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलाली मातहत रहेको जुगेडा अस्थायी चेकपोष्टले ३ जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायब निरिक्षक अनिल कुमार वलीको गस्ती टोलीले आज दिउसो धनगढी उप महानगरपालिका - १० जुगेडा सुडाघाटबाट सुप.प्र.प.०१-००८ प ५४८७ नम्बरको पल्सर मोटरसाईकल सवार ३ जना युवाहरुलाई चेकजाँच गर्दा उनीहरुबाट ११ दशमलव ७०० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनालाई आबश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाईएको छ ।