संसद् बैठकमा अध्यादेश पेश नहुने

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

काठमाडौं : सरकारले ल्याएको अध्यादेश आजको संसद्को दुवै सदनमा स्वीकृतीका लागि पेस नहुने भएको छ। संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुवै बैठकमा अध्यादेश पेस नहुने जानकारी दिए।

पाण्डेले आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” सभा समक्ष पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्तारुढ दलहरूको कुरा मिल्न अझै बाँकी रहेकाले अध्यादेश पेस गर्ने कार्यसूचीबाट हटाइएको हो। यादवले आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका थिए।