सुदूरपश्चिमका लागि युरोपमा सहयोग जुटाउदै सुदूर पश्चिमकी चेली

शनिबार जेठ २४, २०७७/ Saturday 06-06-20
Paschim Today


धनगढी, २४ जेठ ।
गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले सुदूर पश्चिममा कोरोना रोकथाम र नियन्त्रणका युरोपमा सहयोग जुटाउन अभियान सञ्चालन गरेकी छन् ।

हाल बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको सुदूरपश्चिममा कोरोनाको रोकथाम र नियन्त्रणका लागि युरोपबाट सहयोग जुटाउन थालेकी हुन् ।

ह्युमानिटी फाउण्डेसन मार्फत केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सय थान ¥यापिड किट हस्तान्तरण गरेकी थिईन ।

कञ्चनपुरमा जन्मिएकी थापा यतिबेला मध्यपूर्वमा लकडाउनमा फसेका नेपाली महिलाहरुको उद्दार तथा सुदूरपश्चिममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि युरोपमा सहयोग जुटाईरहेकी छन् ।

उनले युरोपका बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ महिला  बिभागका पदाधिकारीहरुसंग समेत सहयोगका लागि छलफल गरिसकेकी छन् । 

खाडी मुलुकमा मात्र नभएर युरोपका कतिपय देशमा समेत नेपाली महिलाहरु अलपत्र परेका छन्, थापाले भनिन्, उनीहरुको उद्दारका लागि हामी चिन्तित छौ । त्यसका लागि बिभिन्न देशका महिला  बिभागका पदाधिकारीहरुसंग छलफल गर्नुका साथै सहयोगका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिसंग समेत आग्रह गरेकी छु ।

उनले आफ्नो जन्मभूमिका लागि सहयोगका लागि युरोप तथा अमेरिकामा रहेका नेपालीहरुसंग आग्रह गरेको बताईन ।