कोभिड जोखिमयुक्त सार्वजनिक क्षेत्रमा रेडक्रसको हाते धुने व्यवस्था

बिहीबार श्रावण १५, २०७७/ Thursday 07-30-20
Paschim Today

महेन्द्रनगर, १५ साउन । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सार्वजनिक जोखिमयुक्त क्षेत्रको पहिचान गरी ६ स्थानमा प्याडल युक्त हात धुने प्वाइन्ट जडान गरेको छ ।

बढी भिडभाड हुने क्षेत्रमा कारोना भाइरसको संक्रमण फैलिन सक्ने संभावना बढी हुने भएकाले प्याडलयुक्त हात धुने प्वाईन्ट जडान गरेको हो । नेपाल रेडक्रस एमरेड परियोजना कार्यक्रमका संयोजक महेश घिमिरेका अनुसार वजार क्षेत्रलाई केन्द्रित गरी सार्वजनिक हातधुने प्वाइन्ट जडानका लागि नगरपालिका र गाउपालिकासँग समन्वय गरिएको छ ।

कृष्णपुर नगरपालिका ५ गुलरिया वजार, वडा नं. २ वाणि वजार, शुक्लाफाटा नगरपालिका ११ कलुवापुर वजार र वडा नं. १० झलारी वजार, लालझाडि गाउपालिका वडा नं.२ कञ्ज स्वास्थ्य केन्द्र र वडा नं. ४ को प्राथमिक स्वास्थ्य केन्द सिकलपटिमा हात धुने प्वाइन्ट जडान गरिएको छ ।

.